नेपाली काँग्रेसका संसद नरोत्तम वैद्य माथि अनुसन्धान गर्न अनेरास्ववियुको माग

काठमाण्डौं /२९ जेठ- अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले बागमती प्रदेश सभाको रोष्टममा नेपाली काँग्रेसका संसद नरोत्तम वैद्यले दिएको अभिव्याक्ति प्रति खेद व्यक्त गर्दे विज्ञप्ति जारी गरेको छ ।


सम्माननिय प्रधानमन्त्रीको हत्या गर्न तम्तयार रहेको उद्धोष पर्दा भित्रको रचिएको असामान्य घटनाको पटाक्षेप हो र नरोत्तम एउटा प्रतिनिधि पात्र मात्र भन्ने अनेरास्ववियुको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।


विज्ञप्तिमा भनिएको छ “केही समय यता नेपाली काँग्रेसको सभापति देउवाले निवासमा पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल,माधव नेपालहरुको उपस्थितिमा लगातार भै रहेको बैठकहरु देशमा असामान्य घटना घटाउन केन्द्रित रहेको पुष्टि नरोत्तम बैद्यको अभिव्यत्तिले गर्दछ ।”


साथै बैद्यलाई तत्कालै गिरफ्तार गरि योजनाकारहरुमाथी अनुसन्धान अगाडि बढाउन अनेरास्ववियुले माग गरेको छ ।