काठमाण्डौं /२९ जेठ -नेपाल स्कुल मेलाले आयोजना गरेको “नेपाल स्कुल मेला अनलाइन क्विज प्रतियोगिता २०७८”को ग्रान्डफिनले प्रतियोगिता आज ४ बजेबाट हुँदै छ ।
कक्षा नौ र दशमा अध्ययनरत विद्यार्थी तथा एसईईको तयारीमा बसिरहेका विद्यार्थीहरुलाई मध्यनजर गरि नेपाल स्कुल मेलाले अनलाइन क्विज प्रतियोगिता आयोजना गरेको थियो । अनलाइन मार्फत गरिएको उत्त अनलाइन क्विज प्रतियोगिता जेष्ठ २३ बाट सुरु भएको हो ।
देशै भरिबाट करिब २०० भन्दा बढी विद्यालयहरुका २०० जना भन्दा बढी विद्यार्थीहरुले यस प्रतियोगितामा सहभागिता जनाएका थिए । जसबाट छनौट गरी १५० जना विद्यार्थीलाई प्रतियोगितामा लागिएको थियो ।
त्यस पछि पहिलो खेलबाट १२० जना छनोट भए । त्यसलाई पनि प्रतियोगिता गराएर ३६ जना प्रतिस्प्रधि छनोट हुन सफल भए । प्रतियोगितामा एउटा खेलमा ६ जनाको दरले दिनको दुई वोटा खेलहरु खेलाइएको थियो । हरेक खेलबाट २ ÷२ जनाका दरले १२ जना बिजयि प्रतिस्प्रधिहरु सेमीफिनलमा पुग्न सफल भए । साथै हिजो भएको सेमी फिनलखेलबाट ६जना प्रतिस्प्रधिहरु ग्रान्डफिनलमा जान सफल भएका छन ।
आज दिनको ४ बजे देखि ग्रान्डफिनले शुरु हुने प्रतियोगितामा अशोक आचार्य कान्ति स्कुल बुटवल बाट, पुस्कर चापागाई अक्सिडेन्टल स्कुल काठमाडौँबाट, आर्जन बस्नेत तुलसी बोर्डिङ्ग स्कुल तुल्सिपुरबाट, युबराज पन्थी न्यु होराइजन स्कुल बुटवलबाट, सन्तोष भट्टराई विजय सामुदायिक स्कुल गैंडाकोटबाट र कपिल देव कार्की द ग्वाल्के स्कुल कंचनपुरबाट प्रतिस्पर्ध गर्दै छन ।
आजको प्रतियोगिता शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिब रामप्रसाद थपलियाको प्रमुख अतिथ्यमा र प्याब्सनका अध्यक्ष टिकाराम पुरीको अध्यक्षतामा देशै भरिबाट करिब १,००० प्रिन्सिपलहरुको उपस्थितिमा हुने नेपाल स्कुल मेला तथा कलेज रिडर्सका सीइओ जीतेन्द्र घिमिरेले बताउनु भयो ।
जुम मार्फत गरिने यस अनलाइन क्विज प्रतियोगिता नेपाल स्कुल मेलाको आधिकारिक फेसबुक पेज www.facebook.com/nepalschoolmela बाट लाइभ हेर्न सकिने छ ।
प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, दोश्रो हुनेलाई १५ हजार र तेश्रो हुनेलाई १० हजार रकम पुरस्कार स्वरुप प्रदान गरिने मेलाकी संयोजक दीपिका रिमाल थापाले बताउनु भयो । साथै तिन–तिन हजारका दरले तिन जनालाई पनि सान्तवना पुरस्कार दिइने छ । प्रत्येक प्रतिस्पर्धी सहभागीहरुलाई प्रमाणपत्र उपलब्ध गराइने छ ।
यस कार्यक्रमको मुख्य प्रायोजकमा एभरेष्ट कलेज–बिराटनगर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट, साउथ वेस्ट्रन स्टेट कलेज, जय मल्टिपल क्याम्पस, नामी कलेज, रहेका छन । सह प्रयोजकमा द टाइम्स इन्टरनेशनल कलेज,आईएसटी स्कुल, भ्याली पब्लिक स्कुल, एडमार्क एकेडेमी र जेष्ठ आइडोलोजी सेभिङ्ग एण्ड क्रेडिट कोपेरटिभ रहेका छन् ।
नेपाल स्कुल मेला प्याब्सनको सहकार्यमा खबर एजुकेशन अनलाइन मिडिया,बेदान्त पब्लिकेशन, टाइम्स इन्टरनेशनल पब्लिकेशन, स्मार्ट द लर्निङ् एप र ग्लोबल आइओटी लगायत विभिन्न संघ संथाहरुको सहयोगमा संचालन भैरहेको छ । मेलाको आयोजना कलेज रिडर्स पत्रिकाले गरेको हो ।




