काठमाडौं/२८ जेठ-पछिल्लो चौबीस घण्टामा २,७०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ९,५९८ को नमुना आरटीपीसीआर परीक्षण गरीएकोमा २,७०९ मा पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसै गरी पछिल्लो चौबीस घण्टामा ६७ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२२५ जनाले कोरोनालाई जितेका छन् ।



