काठमाडौँ /२८ जेठ -पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निणर्य गरेको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रमा आज बसेको बैठकले सो निणर्य गरेको हो ।
आगामि शैक्षिक सत्र शुरु हुनै लाग्दा कोभिड -१९ महामारीका कारण अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएका कारण पाठ्यपुस्तक ढुवानीमा समस्या भए पछि पाठ्यपुस्तक अझै सबै विद्यालयमा पुग्न सकेको छैन । आगामी असार १ गतेदेखि नयाँ शैक्षिकसत्रका लागि निःशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक नपुगेका हुन ।
साथै आज सम्पन्न भएको बैठकले शिक्षक तथा पुस्तक बिक्रेतालाई कोभिड-१९ बिरुद्धको खोप उपलब्ध गराउने व्यवस्थाका लागि पनि आग्रह गरेको छ । यसअघि पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गरी स्वीकृत पाठ्यपुस्तक मात्रै बिक्री वितरण र शिक्षण गराउन तथा नेपालको नयाँ नक्सा समावेश भएका पुस्तक मात्रै प्रयोग गर्न सबैमा आग्रह गरेको छ ।



