कोरोना अपडेट : ५,२९३ जनाले कोरोनालाई जिते, २,८७४ जना संक्रमण थपिए ,५९ जनाको मृत्यु

काठमाडौं/२७ जेठ–पछिल्लो चौबीस घण्टामा २,८७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा ९,९०१ को नमुना आरटीपीसीआर परीक्षण गरीएकोमा २,८७४ मा पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो चौबीस घण्टामा ५९ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,२९३ जनाले कोरोनालाई जितेका छन् ।