काठमाडौं /२८ जेठ-एक्सर्पट एजुसकेशन एण्ड भिसा सर्भिसेसले ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई प्रदान गरेको छ । कोभिड १९ बाट संक्रमित विरामिहरुको उपचारमा सहयोग पुर्याउने उदेश्यले आफ्नो सामाजिक संस्था एक्सर्पट फाउण्डेशनमार्फत ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई प्रदान गरेको हो ।
महामारीको समयमा अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटरको अभाव भइरहेको वेला संक्रमितको उपचारमा केहि सहज होस र कसैले पनि अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले नेपाल सरकारलाई सहयोग गरेको एक्सर्पट एजुकेशनका निर्देशक खेम संग्रौलाले बताउनु भयो ।
१० लिटर क्षमताका पचास थान कन्सन्ट्रेटरको अहिलेको बजार मूल्य करिब साठी लाख रूपैया पर्छ । चीनबाट आयातीत गरिएका कन्सन्ट्रेटर मध्ये, ४५ थान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई र बाँकी ५ थान बिभिन्न सामाजिक संस्थालाई प्रदान गरेको हो ।
यसअघि पनि विपतको समयमा तथा बाढीपहिरो र भुकम्पको समयमा पनि एक्सपर्ट फाउन्डेसनमार्फत परोपकारी कार्य निरन्तर गर्दे आएको छ ।
यस्तो संकटको अवस्थामा ५० थान अक्सिजन कन्सन्ट्रेटर नेपाल सरकारलाई प्रदान गरेर सहयोग गरेको भन्दै सस्थ्य तथा जनसंख्या मन्त्रालयले प्रसंसा पत्र मार्फत धन्यबाद व्याक्त गरेको छ ।



