काठमाडौं /२७ जेठ -पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले केन्द्रले स्वीकृत गरेका पाठ्यसामाग्रीहरुको सुचिमा परेका पाठ्यसामाग्री वा पाठ्यपुस्तक मात्र प्रयोग, बिक्री वितरण र प्रकाशन गर्न भनेको छ ।
विभिन्न प्रकाशक,पुस्तक व्यावसायीहरले पाठ्यसामाग्रीमा नेपालको सैशोधित मान चित्र समावेश नगरेको ,पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत सूचिमा नरहेका ,स्वीकृत प्रधान नगरीएका र नियम अनुसार परिमार्जन तथा अद्यावधिक नगरी पाठ्यसामग्री प्रकाशन र बिक्री वीतरण गरेको गुनासो आए पछि त्यस्ता पुस्तक बिक्री वीतरणमा रोक लगाएको छ ।
साथै स्वीकृत प्राप्त पाठ्यसामाग्रीहरुमा नेपालको संशोधित नक्सा समावेश नगरी तथा विद्यालय तहको पाठ्यक्रम अनुसार प्रचलित कानुन अनुसार स्वीकृत प्राप्त गरेर मात्र पाठ्यसामाग्रीहरुको प्रकाशन बिक्री वीतरण र प्रयोग गर्नुपर्ने व्यावस्थाको प्रतिकुल हुने गरी प्रकाशन बिक्रिवितरण र प्रयोग नगर्न प्रकाशक,पुस्तक व्यावसायी, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी लगायत सरोकारवाला सबैलाई आग्रह गरेको छ ।
कानुन विपरीत त्यस्ता पुस्तक प्रकाशन, बिक्री वीतरण र प्रयोग गरेको पाइएमा कारवाही गरिने जनाएको छ ।



