चितवन २६ जेठ-प्रसङ्ग १
सामुदायिक विद्यालयमा शिक्षण पेसामा प्रवेश गर्दा चितवन जिल्लाको साविकको चण्डिभञ्याङ –७, को श्री आधारभुत विद्यालय तुन्तेषमा कर्म गर्ने पहिलो अवसर मिल्यो । यस विद्यालयमा पढ्ने कक्षा ३ मा अध्यानरत छात्र दुर्गा गुरूङले बनाएको पाल्पाको रानीमहल भएको चित्रले मुग्लीन स्रोत केन्द्र , तुन्तेष र हामी सबैका माझ अति उत्कृठ ठहरीयो ।
प्रसङ्ग २
नयाँकिरण कमलकुसुम माविमा २०७६ पौष १६ गतेका दिन “खाना महोत्सव तथा मौलिक भेषभुषा प्रदर्शनी कार्यक्रम “ संचालन गर्दा कक्षा १० का छात्रा विष्णु गुरूङले मःम पकवान टोलिको कप्तान भई गरेको नेतृत्वशैली र विमला परियारले आफ्नो व्यापार संचालन र कामप्रतिको मोहबाट के थाहा हुन्छ भने पढाईका अत्तिरिक्त पनी उनीहरूमा धेरै प्रतिभाहरू लुकेर रहेका छन् ।
प्रसङ्ग ३
नारायणी नमुना मावि भरतपुरमा कक्षा ६ मा पढ्ने छात्रा एञ्जल साँखीले पढाई सँगसँगै उनले रेडियोमा वाल कार्यक्रकम प्रस्तोता,विभिन्न मञ्चमा कार्यक्रम संचालक,वस्त्र सिलाई बुनाई र एक चित्र कोर्ने प्रतिभा भएकी विद्यार्थी पनि हुन ।
तुन्तेषका दुर्गा गुरूङ,नयाँ किरणका विष्णु गुरूङ,विमला परिवार र नारायणी नमुनाका एन्जल साँखी जस्ता प्रतिनिधी पात्र विद्यार्थी जो आफ्नो प्रतिभाहरू बाहिर देखाएका छन । र,अन्य धेरै विद्यार्थीहरू जो प्रतिभा भएता पनि देखाउन चाहेनन वा देखाएनन । यस्ता विद्यार्थीमा भएका क्षमता नत अभिभावक,शिक्षकले देख्यौ नत सरकारले । विद्यार्थीका प्रतिभा देखेर पनि चासो कसैले दिएनौ वा प्रतिभावान हुने वातावरण बनाउन सकेनौ ? यस्ता सिप, क्षमता भएका विद्यार्थीहरूलाई आन्तरिक प्रतिभाहरू अंकुरण हुन दिने र त्यसैमा फल र फलबाट बिउ उत्पादन गर्ने हामी सबको चक्षुले देख्न आवश्यक ठान्दछु ।
माथीका तिन प्रसङ्गबाट के स्पष्ट हुन्छ भने विद्यार्थीमा सैदान्तिक पढाई सँगै संगीत, खेलकुद, हस्तकला सामाग्री निमार्ण, पाककला, सिलाई बुनाई, विज्ञानका सामाग्री निर्माण र अन्य धेरै प्रतिभाहरू सुषुप्त रूपमा रहेका हुँदा रहेछन् । तिनै प्रतिभाहरूलाई उजगार गर्ने मौका विद्यालय, शिक्षक,अभिभावक र अन्य पक्षले मिलाई दिनु पर्ने हुन्छ । मैले विद्यार्थीहरूबाट धेरै सिक्ने र जान्ने मौका पाँए तर कति धेरै विद्यार्थीहरूबाट त्यस्ता मूल्यवान प्रतिभाहरू सिक्ने स्वर्णीम समय गुमाएको अनुभव भईरहेको छ । अझ कति धेरै विद्यार्थीका प्रतिभाहरू उब्जिन वा जन्मन नदिने, तर यदि जन्मेर फक्रिन थाले पनि बिचैमा अवरोध गर्ने, हाम्रा केही अभिभावक, पाठ्यक्रम,पाठ्यक्रमविद,राष्टिय शिक्षा नीति र शिक्षक पनि दोषि हुन वा सहजकर्ता ।
अभिभावकको प्राय गुनासो रहने गर्छ । मेरा छोराछोरीले राम्रो पढेनन् अर्थात् तिन घण्टे परीक्षामा ए प्लस,ए जिपिए ल्याएनन् । पढ्नमा भन्दा अन्य कुरामा ध्यान मात्र गर्छन आदि,इत्यादी । प्रायजसो हामिले कहिल्यै पनि उनीहरूलाई सोध्ने गर्दैनौ कि तिमिहरूको पढाइका अत्तिरिक्त के कुरामा ईच्छा, रूचि चाहाना छ ? भविष्यमा वा आफ्नो जिवन कालमा के गर्ने चाहना राख्दछौ ? भनी कम मात्र सोध्ने गरेको पाँउछौ । अभिभावकले आफुले जिवनमा गर्न नसकेका वा आफुले चाहेर पनि पढ्न वा गर्न नसकिएको काम आफ्ना सन्तानले पुरा गरिदिने अभिलाषा राखी, बाध्य पारी योवा त्यो पढ्न वा गर्न लगाएको पाँउछौ । वालकको रूची एकातिर र अभिभावकको इच्छा बिचको तालमेल नभई वालकले सिक्न र पढ्न चाहेको सिप,ज्ञान आर्जन गर्न नसक्ने र अरूचिकर हुन्छ ।
अभिभावकहरूले जवर जस्ती विद्यार्थीहरूको रूचि विपरीतका विषय पढ्न वा काम गर्न् लगाउदा वालकले सहिरूपमा ज्ञान,सिप सिक्न नसक्ने हुन्छन । अर्को तिर अभिभावक र राज्यले ति कलिला वाललालिकाहरूका लागि शिक्षामा गरेको लगानि सहि रूपमा सदुपयोग नभएको छैन भन्ने तर्क, बहस र बिचारहरू प्राय सुन्न र पढ्न पाईन्छ । यसरी अभिभावक र राज्यले आफ्ना भावि सन्ततीको लागि गरेको लगानि र प्रतिफल आगामि दिनमा खेर जान नदिनका लागि अभिभावक, राज्यले एक पटक गहिरो रूपमा अध्ययन र अनुसन्धान गरी पढाई सँगै विद्यार्थीका सर्वाङगीण अन्य पक्ष समावेश गरी विद्यालय पाठ्यक्रममा त्यस्ता प्रतिभाहरूको उचित स्थान राख्नेनिर्णय छिट्टै हुन आवश्यक छ ।
हालको पाठ्यक्रमले पनि विद्यार्थीका अन्र्तनिहित प्रतिभा प्रष्फुटनमा सहयोगी खालको मान्न सकिदैन । साबिकको पाठ्यक्रम र मूल्याकन पद्दतिले वालकको ज्ञान, सिप, क्षमता र अभिवृत्ति भन्दा पनि तिन घण्टे परीक्षामुखी छ । अर्थात् जुन विद्यार्थीले तोकिएको समयसिमा भित्र वर्ष भरी पढेका, सिकेका, सुनेका र सिकाइएका कुरा लेख्न सक्छ त्यो सफल कहलिन्छ । जुन विद्यार्थीले परीक्षामा प्रश्नले भनेका कुरा लेख्न सक्दैन भने उ त्यो परीक्षा प्रणालिबाट फेल वा असफल भएको मानिन्छ ।
के तिन घण्टे परीक्षा प्रणाली भनै वा एक वर्षभरी सिकेका वा सिकाइएका कुरा लेख्न नसक्नु मात्रै सफलता र असफलताको प्रमाण पत्र हो ? सफल वा असफलता नाप्ने मापो के हो ? वास्तवमा विद्यार्थीको मूल्याङ्कन त उसको गरेको व्यावहारिक कार्य, सिप र अन्य क्षमताका आधारमा तय गरिनु पर्ने हो तर त्यसो हुन सकी रहेको छैन । त्यसैले हालको परीक्षा प्रणालीले विद्यार्थीमा भएका ज्ञान र सिप सृजना उजागर गर्न सहयोग नगर्ने तर उल्टै विद्यार्थीमा भएका क्षमताहरू अंकुरण हुन नपाउने,वेरोजगार उत्पादन गर्ने,सृजनात्मक कार्यको कुनै पनि स्थान नदिइने प्रकारको छ ।
किताबी ज्ञानमाजुन विषयवस्तु छ सोहि कुरा कापिमा जस्ताको त्यस्तै साभार गरी सफलता मानिने मूल्याङ्कन प्रणालीका सट्टामा विद्यार्थीमा रहेका ज्ञान,सिप,क्षमता र अन्तरनिहित प्रतिभा प्रस्फुटन गरी त्यसै कर्ममा रम्ने, डुब्ने मूल्याङ्कन प्रणालि हुनु आवश्यक छ ।
नेपाल सरकारले विद्यालय तहको परीक्षा प्रणालीमा केही परीमार्जन गर्दै निरन्तर मूल्याङकन प्रणाली लागु गरको भएता पनि व्यावहारिक,अपेक्षाकृत रूपमा प्रयोग गर्न सकिएको छैन । विद्यालयको पाठ्यक्रममा पेसा,प्रविधि,सिर्जनात्मक कला र शारिरिक जस्ता केहि सिपमूलक तथा व्यावहारीक विषयहरू समावेश गरीएको छ । यी विषयले केही सुधार गरेता पनिसमग्र पक्षको मूल्याकन गर्न सकिएको छैन । कोरोना महामारीले विद्यालयहररुमा विगतका वर्षदेखी वार्षिक परीक्षाको सट्टमा अन्य विकल्पहरू प्रयोग गरि अन्तिम परीक्षा संचालन गरीएका छन । यसरी विकल्प राखी संचालन हुने परीक्षाहरूमा विद्यार्थीका अर्तरनिहित प्रतिभालाई समेट्ने र विकास गर्ने मूल्याकन प्रणालीको विकास हुन जरूरी देखीन्छ ।
एउटा सुन्दर बगैचा बन्नका लागि सयौँ थरीका फूलहरूको आ–आफ्नो भूमिकाले बगैचालाई हराभरा बनाई सुगन्धित पारे झै विद्यालयहरूमा पनि शैक्षिक उन्नतीका लागी हरेक विद्यार्थीका अन्तरनिहित प्रतिभाहरूलाई उजागर गरी संरक्षण,सम्मान र विकास गरीनु पर्छ । कलिला विद्यार्थीहरूलाई किताबका भारी थाम्न नसक्ने गरी झोला बोकाएर विद्यालय पठाउनु भन्दा पनि खाली शरीर लिएर विद्यालय जाने र घर फर्किदा विद्यार्थीहरू आफ्ना प्रभिभाहरू अंकुरण भई धान्न गह्रौ पर्ने र निजका प्रतिभालाई नै भविष्यमा गरि खाने,शैक्षिक प्रणालीको निर्माण गर्न हामी सबैले एक पटक सोच,विचार गरी कार्यान्वयन गर्नु उपयुक्त होला कि ?
(कार्की नारयणी नमुना मा.वि भरतपुर,चितवनका शिक्षक हुन ।)



