शिक्षक महासङ्घको नेतृत्व विवाद समाधान नभए विकल्प खोजिने १२ घटकको चेतावनि

काठमाण्डौं /२४ जेठ- नेपाल शिक्षक महासङ्घको नेतृत्व विवादको समाधान नभएमा महासङ्घमा आवद्ध १२ घटक संस्थाहरुले बैकल्पिक उपायको खोजी गर्न वाध्य हुने चेतावनि दिएका छन् ।

आम शिक्षक कर्मचारीहरुको समस्या समाधान गरी शक्ति देखाउन पर्नेमा पद र प्रतिष्ठाका लागि र यसको भागिदार बन्ने होडबाजीमा नेतृत्व लागेका कारण आम नेपाली शिक्षक कर्मचारीहरु निराश भएको भन्दै चेतावनि दिएका हुन ।

१२ घटक संस्थाहरुले संयुक्त अपील गर्दे नेपाल शिक्षक महासङ्घ गठन पश्चात एकपछि अर्को गरी शिक्षक कर्मचारीहरुको समस्यामा गम्भीर हुनु पर्नेमा ठुला र भर गरिएका संस्थाहरु वीच नेतृत्व लिने र नछाड्ने प्रवृति हावी भैरहेको सन्दर्भप्रति गम्भीर भएको जनाएका छन ।

त्यसै गरी विगत वर्ष नेपाल शिक्षक महासङ्घको असहमतिमा रहेका दुई बुदा नेपाल शिक्षक महासङको अवधी ४ वर्ष बाट ३ वर्ष कायम गर्ने र दोश्रो संस्करणबाट निवर्तमान भएका शिक्षकहरुलाई कुनै पनि तहको नेतृत्वमा नलाने भनी २०७७ फागुन १४ गते पटकपटकको भगीरथ प्रयास पछि नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय कार्यालय कुमारी पाटीमा बसी नेपाल शिक्षक महासङको मर्म ,भावना ,आवस्यकता र संस्थाको दायित्वलाई आत्मसात गरी महासङको परम्परा लाई निरन्तरता दिने गरी कतिपय लिखित र भावनात्मक रुपमा सहमति भएको उल्लेख गरिएको छ ।

साथै सहमतिपत्रमा महासङ्घको तर्फबाट तात्कालीन अध्यक्षको तर्फबाट बाबुराम थापा ,नेपाल शिक्षक संघका अध्यक्ष राजेन्द्र राज पौडेल ,नेपाल राष्ट्रिय शिक्षक सङठनका अध्यक्ष लक्षमण शर्मा र सहजीकरण को तर्फबाट सानोभाइ कार्की समेत रहेको जनाइएको छ ।

सहमति अनुसार फागुन १७ गते महासङ्घको कार्यालय केशरमहलमा सहमति सार्वजिनिकिकरण ,२१ गते दामनमा बैठक गरी फागुन २९ गते ललितपुर स्थित साझा बैकवेटमा सहमति अनुरुप नै दोश्रो परिषद बैठक बसेको र हिजोको सौहाद्रता र भावनात्मक एकताको मसी सुक्न नपाउदै समझदारी अनुसार पदसोपानको जिम्मेवारी ,दायित्व ,विधि र प्रक्रियाको एक वा अर्को पक्षतर्फ औलो तेर्स्याई फेरि अनेकताका आभाष देखा पर्न गएको र सिमित मानसम्मानको भाव तेर्स्याउदै शक्ति प्रदर्शनमा रमाउन थालेको आरोप लगाएका छन ।

“नेपाल शिक्षक महासङ्घको नेतृत्व विवादको पछिल्लो परिस्थितिबाट सिर्जित आम नेपाली शिक्षक कर्मचारीहरुको निराशालाई जिम्मेवारी कस्ले लिने हो ? कसरी महासङ्घको जिवन्तताले सक्रीयता लिन्छ ? जस्ता सवालहरुतर्फ नेतृत्वदायी संस्था र ब्यक्तिहरुमा हामी गम्भीर ध्यानाकर्षण गराउदछौ अपिलमा भनिएको छ ।” साथै यथाशीघ्र उत्तर नपाएमा वा समाधान नभएमा १२ घटक संस्थाहरु बैकल्पिक उपायको खोजी गर्न वाध्य हुने चेतावनि दिइएका छन् ।


नेपाल शिक्षक महासङ् आवद्ध १२ घटक संस्थाहरु निम्न छन् ।
१) अखिल नेपाल शिक्षक संघ अध्यक्ष एबम पुर्व सहजीकरण समिती संयोजक : सानोभाइ कार्की
२) अखिल नेपाल शिक्षक सङठन अध्यक्ष एबम सदस्यः घनश्याम पाठक
३) नेपाल राष्ट्रिय शिक्षक परिषद अध्यक्ष एबम सदस्यः यादव राज पाण्डे
४) अध्यक्ष :सस्थागत बिद्यालय शिक्षक युनियन (ईस्टु) – होम कुमार थापा
५) अध्यक्षः शिक्षक फोरम लोकतान्त्रिक बिष्णु चैधरी
६) अध्यक्ष : मधेशी शिक्षक फोरम चुल्हाई यादव
७) लोकतान्त्रिक शिक्षक युनियन –अतुल लाल कर्ण
८) लोकतान्त्रिक शिक्षक फेडरेसन –रामेश्वर राय यादव
९) मदेशी शि युनियन शिक्षक संघ –रमाकान्त चौधरी
१०) अध्यक्षः राष्ट्रिय शिक्षक मंच – कुमोद सिंह
११) का.वा.अध्यक्ष :नेपाल विद्यालय कर्मचारी परिषद – डोल राज शर्मा पौडेल
१२) अध्यक्ष : अखिल नेपाल राष्ट्रिय शिक्षक संगठन – विजय रत्न बज्राचार्य