शिक्षक तथा विद्यालय कर्मचारीलाई खोपको व्यावस्था गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौं /२५ जेठ- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय र विद्यालयमा कार्यरत खोप लगाउन बाँकी रहेका प्रध्यापक,शिक्षक तथा विद्यालय कार्यरत कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप को व्यावस्था गर्न आग्रह गरेको छ ।

स्वस्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाउँदै अग्रपंतिमा रहेर कार्य गर्ने सुरक्षाकर्मी, स्वस्थ्यकर्मी तथा बढी जनसम्पर्क हुने कार्यलयमा कार्यरत जनशक्तिलाई खोप लगाउने निति बमोजिम आग्रह गरिएको हो ।

मन्त्रालयले यस अघि २०७७ माघ २७ मा पत्र पठाए पनि शिक्षकहरुलाई खोपको व्यावस्था नभए पछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पुने : आग्रह गरेको छ ।