काठमाडौं /२३ जेठ -शिक्षा तथा मानव स्रोत विकास केन्द्र शिक्षक व्यावस्थापन समन्वय शाखाले कक्षा ११ र १२ को अनुदान तथा स्वकृत दरबन्दीको विवरण एकिन गरी पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।
जिल्ला अन्र्तगतका स्थानीय तहहरुमा रहेका साविकको उच्च माध्यामि कक्षा सञ्चालित विद्यालयहरुलाई प्रदान गरिएको शिक्षक दरबन्दी तथा अनुदानको विवरण एकीन गरी १५ दिन भित्र पठाउन निर्देशन दिएको हो ।
स्थानीय तहहरुमा उच्च माध्यामि कक्षा सञ्चालित विद्यालयहरुलाई प्रदान गरिएको स्वकृत र अनुदान गरी कति दरबन्दी छन त्यसको एकिन गर्न र व्यावस्थित गर्नका लागि विवरण माग परीएको निर्देशक बसन्तप्रसाद कोइरालाले बताउनु भयो ।



