नेपाल खुला विश्वविद्यालय उपकुलपति विहीन

काठमाडौं/ २३ जेठ -नेपाल खुला विश्वविद्यालय उपकुलपति विहीन भएको छ । निवर्तमान उपकुलपति प्राडा लेखनाथ शर्माको कार्यकाल सकिए पछि विश्वविद्यालय उपकुलपति विहीन भएको हो ।

२०७४ जेष्ठ १९ गते नेपाल खुला विश्वविद्यालयको पहिलो उपकुलपतिको पदमा नियुक्त हुनु भएका प्राडा लेखनाथ शर्माको कार्यकाल जेठ १९ मा सकिएको छ । चार वर्ष अगाडि विश्वविद्यालयको नाम मात्र राखेर सरकारले प्राडा लेखनाथ शर्मालाई उपकुलपतिमा नियुक्त गरेको थियो ।

थोरै बजेट र सिमित स्रोत साधनका विच शर्माले नेपाल खुला विश्वविद्यालयलाई स्थापित गर्न सफल हुनु भएको छ । सानो संख्यामा भएका करारका प्राध्यापकहरु तथा कर्मचारीहरु र ठूलो संख्यामा अन्य उच्चशिक्षाका संस्थामा कार्यरत प्राध्यापक, विज्ञहरुको सहयोगले नै विश्वविद्यालयका शैक्षिक कार्यक्रम विकास र पठनपाठनका सवै कार्यहरु सम्पन्न हुन सम्भव भएको उपकुलपति शर्माले बताउनु भयो ।