सम्पुर्ण शिक्षकलाई खोप उपलब्ध गराउन प्रधानमन्त्रीसँग प्याब्सनको आग्रह

काठमाडौं /२१ जेठ -निजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले अब सञ्चालन हुने कोभिड विरुद्धको खोप अभियानमा सामुदायिक तथा संस्थागत विद्यालयमा कर्यरत शिक्षक तथा कर्मचारीलाई उच्च प्राथमिकतामा राखिदिन सरकारसँग आग्रह गरेको छ ।

प्रधानमन्त्री के.पि शर्मा ओलि , स्वास्थय तथा जनसंख्या मन्त्री ह्रदयेश त्रिपाठी र शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठलाई बिहिबार एक पत्र लेख्दै शिक्षक तथा कर्मचारीलाई खोप उपलब्ध गराउन आग्रह गरेको हो ।

मुलुकभरी विद्यालय देखि विश्वविद्यालयसम्मको लाखौंको संख्यामा रहेका विद्यार्थी ,अभिभावकहरुसँग प्रत्यक्ष सम्पर्कमा आई पठन–पाठनको क्रियाकलाप सञ्चालन गर्ने र मुलुकको भविष्य निर्माण गर्ने प्रमुख भुमिकामा रहने शिक्षक समुदायलाई अहिलेसम्म खोप कार्यक्रमका निम्ति प्राथमिकता नपारीएको पनि पत्र मार्फत जानकारी गराएको छ ।

प्यब्सनका अध्यक्ष टीकाराम पुरीले देश भरीको सबै वयस्क जनसंख्यालाई खोप लगाउनु पर्ने तर विश्वमा मागको तुलनामा सिमित खोपको उपलब्धताको कारणले अन्य मुलुकमा जस्तै प्रथमिकता तोकि क्रमशः अग्रिम मोर्चामा खटिने स्वास्थ्यकर्मी, सफाइकर्मी,सुरक्षाकर्मी तथा निजामति कर्मचारीहरुलाई पहिलो चरणमा खोप उपलब्ध गराइयो, तत्पश्चात उमेरगत हिसाबले ६५ वर्ष माथिका वृद्धहरुलाई प्राथमिकतामा राखिएकोमा नेपाल सरकारलाई आभार व्याक्त गर्नु भएको छ ।

साथै अब सञ्चालन हुने कोभिड विरुद्धको खोप अभियानमा सामुदायिक तथा संस्थागत विद्यालयमा कर्यरत शिक्षक तथा कर्मचारीलाई उच्च प्राथमिकतामा राखेर खोप उपलब्ध गराउन पनि अध्यक्ष पुरीले आग्रह गर्नु भयो ।


पाठ्यपुस्तक ढुवानी र विक्री वितरणका लागि सहज गराईदिन आग्रह


त्यसै गरी प्यब्सनले शैक्षिक सत्र २०७८ को लागि पाठ्यपुस्तक विक्री वितरण गर्ने पसल, पाठ्यपुस्तक ढुवानी गर्ने गाडीहरु सञ्चलन गर्नका लागि सहज गराईदिनुहुन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठसँग आग्रह गरेको छ ।

शैक्षिक सत्र २०७८ को सुरुवात आगामि अषाढ १ गते देखि गर्ने नेपाल सरकारले निर्णय गरेको र त्यसै अनुरुप मुलुकभरीका पालिकाहरुबाट पनि निर्णय भएको अवगत गराउदै समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउनका लागि निर्वाध रुपमा पाठ्यपुस्तक ढुवानी गर्ने गाडीहरु सञ्चलन गर्न र पाठ्यपुस्तक विक्री वितरण गर्ने पसलहरु निश्चित अवधि तोकेर भए पनि सञ्चालनका लागि व्यावस्था मिलाइदिन अनुरोध गरेको छ ।

शैक्षिक सत्रको प्रारम्भ गर्न समयमै मुलुकभरी प्रत्येक विद्यार्थीको हातमा पाठ्यप्स्तक पु¥याउनु पर्ने अत्यावश्यक भएको हुँदा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययन गर्ने झण्डै ८० लाख बालबालिकाका निम्ति पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत प्राप्त विभिन्न प्रकाशनबाट प्रकाशित पाठ्यपुस्तक ढुवानि गर्ने गाडीहरु,स्वस्थ्य सम्बन्धि सबै प्रोटोकल पुरा गरी पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसलहरुलाई एम्बुलेन्स तथा अन्य अवश्यक सेवाहरु सञ्चालन हुने व्यावस्था मिलाइदिन आग्रह गरेको पत्रमा उल्लेख छ ।