कोरोना अपडेट: ५,९०४ जनाले कोरोनालाई जिते, ५,८२५ जना संक्रमण थपिए ,७५ जनाको मृत्यु

काठमाडौं/२० जेठ–पछिल्लो चौबीस घण्टामा ५,८२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा १८,५६२ को नमुना आरटीपीसीआर परीक्षण गरीएकोमा ५,८२५ मा पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो चौबीस घण्टामा ७५ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,९०४ जनाले कोरोनालाई जितेका छन् ।