बजेट समाजवाद उन्मुख ,समाजवादी मुलुकमा शिक्षा र स्वास्थ्य निःशुल्क : शिक्षा मन्त्री

काठमाडौं /२० जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले आर्थिक वर्ष २०७८/ ०७९ को बजेट समाजवाद उन्मुख बजेट भएको बताउनु भएको छ ।

तिन दिन अगाडि आफ्नो फेसबुक पेजमा लेख्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलको बुद्धिमत्तापूर्ण भिजनका कारण यस पटक साँच्चिकै समाजवाद उन्मुख बजेट ल्याइएको भन्दै उहाँहरुप्रति हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

पेजमा लेखिएको छ “नेपालको संविधान, २०७२ ले मुलुकलाई समाजवाद उन्मुख बनाउन निर्देश गरेको छ । समाजवादी मुलुकमा शिक्षा र स्वास्थ्यलाई निःशुल्क र सबै नागरिकको सहज पहुँचमा पुर्याउने अभ्यास हुन्छ ।”

साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगत शिक्षामा १ खर्ब,८० अर्ब,४ करोड बजेट विनियोजन भएको र शिक्षामा गौरबको बजेट रहेको भन्दै कुन कुन शिर्षकमा कति बजेट विनियोजन भएको छ , त्यसको प्रमुख शिर्षक सहित पेजमा उल्लेख गर्नु भएको छ ।

शिक्षा मन्त्रीले समाजवाद उन्मुख बजेट भनेर खुशि व्यक्त गरेता पनि शिक्षकहरु भने वजेटले विभेद गरेको भन्दै विरोध जनाइरहेका छन् । बजेटले शिक्षक , शिक्षाकर्मि र कर्मचारी विच विभेद गरेको र खोप लगायत शिक्षकका कुनै पनि मागको बजेटमा सम्बोधन नगरिएको भन्दै आक्रोष व्याक्त गरेका छन ।