काठमाडौँ /१५ जेठ -सरकारले आज अथार्त शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट सार्वजनिक गर्दैछ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा बजेट सार्वजनिक गर्नुपर्ने भएकाले आज २०७८/७९ को वार्षिक बजेट सार्वजनिक हुन लागेको हो ।
कोभिड–१९ को दास्रो लहर फैलिरहेको अवस्थामा कोरोना सङ्क्रमण नियन्त्रण र यसले अर्थतन्त्रमा पारेको प्रभवलाई पुनरुत्थानमा केन्द्रित रहेर शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेट तयारीमा सरकार रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो ४ बजे बजेट सार्वजनिक गर्ने कार्यक्रम रहेको अर्थमन्त्रालयका अधिकारीले जानकारी दिएका छन । प्रतिनिधि सभा भङ्ग रहेको अवस्थामा बालुवाटारबाट सार्वजनिक गर्ने अध्यादेशमार्फत बजेट ल्याइँदैछ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्ने बजेटमा विपक्षी दलका नेता, सबै मन्त्रीहरू, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सदस्यहरू र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहने छ ।
कोरोना सङ्क्रमणको दोस्रो लहरबाट मुलुक आक्रान्त रहेको अवस्थामा सङ्क्रमण नियन्त्रण, खोप कार्यक्रम, स्वास्थ्य पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता राख्दै यो वर्ष शिक्षामा बजेट वृद्धि गरिएको छ ।
सरकारले शिक्षामा नयाँ योजना सहित शिक्षा क्षेत्रको पूर्वाधार विकासमा जोड दिदै शिक्षामा बजेट वृद्धिको तयारी गरेको हो ।
त्यसै गरी बालविकासका शिक्षकको तलब वृद्धि गरेर सरकारले तोकेको न्युनतम परिश्रमिक अनुसार बालविकासका शिक्षकको तलब वृद्धि गर्ने भएको छ । साथै शिक्षकहरुको हकमा तह हेरेर १० देखि १५ प्रतिशत तलब वृद्धि हुने स्रोतको दाबि छ ।



