इक्यान द्धारा इक्यान कोभिड सहायता कोष अभियान तथ इक्यान कोभिड सहायता कक्ष सञ्चालन

काठमाडौं /१४ जेठ- नेपाल शैक्षिक परामर्श संघ(इक्यान)ले इक्यान कोभिड सहायता कोष अभियान तथ इक्यान कोभिड सहायता कक्ष सञ्चालन गर्ने निर्णय गरेको छ । संघका सदस्य तथा परिवारजन लगायत आम नेपाली नागरिकहरु समेतलाई संक्रमित भएको अवस्थामा उपचार तथा राहतको व्यावस्था गर्ने उद्देश्यले सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघका उपाध्यक्ष शेषराज भट्टराईको संयोजकत्वमा “इक्यान कोभिड सहायता कोष अभियान” र महासचिव दिपकराज भुसालको संयोजकत्वमा “इक्यान कोभिड सहायता कक्ष” सञ्चालन गर्ने इक्यनले निर्णय गरेको छ ।

कोभिड- १९ महामारीको दोस्रो लहर फैलिएको सन्दर्भमा इक्यानले आफ्नो सामाजीक उत्तरदायीत्व वोधगरि आफु र सम्वद्ध सबै सदस्य संस्थाहरुको तर्फबाट योजना वद्ध पहल कदमीको अभियान आरम्भ गर्ने निर्णय गरेको नेपाल शैक्षिक परामर्श संघ ईक्यानका केन्द्रिय अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिनु भएको छ ।

इक्यान कोभिड सहायता कोष अभियानले इक्यानमा आवद्ध सदस्य तथा अन्य क्षेत्रका दातृ संस्था एंव व्यक्तिहरुबाट आर्थिक सहायता रकम संकलन गरि इक्यान कोभिड सहायता कक्ष मार्फत परिचालन गरिने ईक्यान केन्दिय द्वितिय उपाध्यक्ष एंव ईक्यान कोभिड सहायता कोषका संयोजक शेषराज भट्टराईले बताउनु भयो ।

यसैगरि इक्यान कोभिड सहायता कक्ष मार्फत संक्रमणको परिक्षण, कन्ट्रयाक्ट ट्रेसिङ्ग, चिकित्सकिय परामर्श, एम्वुलेन्स सेवा, अस्पताल भर्ना, अक्सीमिटर, रेमडिसिभिर लगायतका मेडिकल सप्लाईज, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेसन, रगत, प्लाज्मा तथा कोभिड विरुद्धखोप व्यवस्थापन र कोरोना पोजेटिभ विरामिलार्ई आपतकालिन सवै सहयोगका क्षेत्रमा परिचालन गरिने जानकारी ईक्यानका महासचिव एंव ईक्यान कोभिड सहायता कक्षका संयोजक दिपकराज भुसालले बताउनु भयो ।

महासचिव भुसालले भन्नु भयो “इक्यान कोभिड सहायता कक्ष मार्फत सञ्चालन गरिने सबै सेवाहरु इक्यानका सदस्य तथा निजका परिवारजन लगायत अन्य आमनागरीकहरुलाई समेत यथा सम्भव उपलव्ध गराइने छ ।”

इक्यान कोभिड सहायता कोष अभियान सञ्चालन गर्न इक्यानले केन्द्रियकोषबाट दुई लाख एकाउन्न हजार रुपैया उपलव्ध गराई कोषको शुभारम्भ गरिएको जनाएको छ । साथै इक्यान केन्द्रिय समितिले आफ्ना सबै सदस्य संस्थाका सञ्चालकहरु, आवद्धकर्मचारी वर्ग लगायत इच्छुक महानुभावहरुलाई यस सहायता कोषमा आर्थिक सहयोग गरि विपतको घडीमा हातेमालो गर्न हार्दिक अपिल गरेको छ ।

सहयोग गर्न इच्छुक व्यत्तिहरुले यस प्रयोजनको लागि सञ्चालन गरिएको नेपाल शैक्षिक परामर्श संघको ग्लोबल आइएमई बैंक, अनामनगर काठमाडौं शाखाको खाता नं.३९०१०१००००५३३ जम्मा गर्न सकिने जनाएको छ । साथै SWIFT CODE: GLBBNPKA र 9841360720 EsewaID रहेको छ ।