कोरोना अपडेट: ९,८२१ जनाले कोरोनालाई जिते, ६,९५१ जना संक्रमण थपिए ,९६ जनाको मृत्यु

काठमाडौं/१४ जेठ–पछिल्लो चौबीस घण्टामा ६,९५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो चौबिस घण्टामा १९,३१३ को नमुना पीसीआर विधिबाट र ७९७ जनाको एन्टिजिन विधिबाट परक्षिण गरीएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी पछिल्लो चौबीस घण्टामा ९६ जनाको मृत्यु भएको छ । स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,८२१ जनाले कोरोनालाई जितेका छन् ।