काठमाडौं /१३ जेठ -नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) ले महासचिव दिपकराज भूषालको संयोजकत्वमा ईक्यान हेल्प डेस्कको स्थापना गरेको छ ।
कोभिड-१९ को दास्रो लहर बढीरहेको सन्र्दभमा ईक्यानमा आवद्ध शैक्षिक परामर्श व्यवसायी सदस्य, कर्मचारी,परिवार र आम नागरीकलाई सहयोग गर्ने उदेश्यले ईक्यान हेल्प डेस्कको स्थापना गरिएको हो ।
नौ जना सदस्य रहेको हेल्प डेस्कले कोभिड टेष्ट गर्न सहयोग गर्ने, विरामीलाई अस्पताल भर्ना र एम्बुलेन्स उपलव्ध गराउन सहयोग गर्ने, संक्रमितलाई औषधि ,अक्सिजन, रगत , प्लाज्मा अभाव भएको खण्डमा उपलब्ध गराउन सहयोग गर्ने र परामर्शका लागि डक्टरको व्यावस्था गर्ने ईक्यानका महासचिव तथा ईक्यान हेल्प डेस्कका संयोजक दिपकराज भूषालले बताउनु भयो । साथै इक्यानमा आवद्ध सदस्य,कर्मचारीहरुका लागि कोभिड १९ विरुद्धको खोप व्यावस्थाका लागि पनि इक्यान लागि परेको भूषालले बताउनु भयो ।
भूषालका अनुसार ईक्यान हेल्प डेस्कले ईक्यान अन्र्तगतका सदस्य, कर्मचारी, सदस्यका परिवारलाई पहिलो प्राथमिकता रखेर काम गर्ने छ । साथै आवश्यक परेको खण्डमा अभिभावक,सर्वसाधरणको लागि पनि सहयोग गर्ने छ ।



