काठमाडौं/१० जेठ-पूर्वाञ्चल विश्वविद्यालयले गत वर्ष अनलाईन माध्यमबाट सञ्चालन गरिएका परीक्षाको नतिजा प्रकाशनको अन्तिम तयारीमा रहेको जनकारी दिएको छ ।
अनलाइनबाट सञ्चालन गरिएको परीक्षामा परीक्षार्थीले निश्चित समय सिमा भित्र लेखेर पठाउन भनिए पनि तोकिएको समय भन्दा पछि उत्तर लेखेर पढाउने विद्यार्थी र समय भित्र पठाउने विद्यार्थी छुट्टयाउन समय लागेको र सबै विद्यार्थीहरुको बेग्ला बेग्लै गर्नु पर्ने भएकोले समय बढी लागेको बताइएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादव राज कोइरालाले अनलाइन माध्यमबाट लिइएको परीक्षामा यदी कुनै पनि विद्यार्थीले तोकिएको समय भन्दा एक मिनेट पछि उत्तर पठाएको छ भने पनि त्यसलाई विश्वविद्यालयको नियम अनुसार मान्यता नदिने बताउनु भयो ।
सबै विद्यार्थीको कपि कटाई सकिएको र क्रमशः सातौं,पाँचौं र तेस्रो सेमेष्टरको नतिजा निकाल्ने गरी काम भएको कोइरालाले जानकारी दिनु भयो । साथै बैशाख भित्रै नतिजा निकाल्ने गरी तयारी गरिएकोमा नतिजा लोड गर्ने कर्मचारीमा कोभिड संक्रमण देखिएपछि प्रकाशन गर्न केहि दिन लाग्ने बताउनु भयो ।
केहि परीक्षा अनलाइनबाट भए पनि लकडाउन खुले पश्चात विद्यार्थीको भौतिक उपस्थितिमा विश्वविद्यालयले परीक्षा सञ्चालन गरेको थियो । अधिकांश परीक्षा सम्पन्न भए पनि कोभिड १९ को दोस्रो लहर पछि स्थगित भएका केहि परीक्षाको हकमा छलफल हुन बाँकी रहेको जानाइएको छ ।
सामुदायिक संस्थालाई सम्बन्धन
विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव राज कोइरालाका अनुसार विश्वविद्यालयले सम्बन्धनका लागि आवेदन खुलाए पनि पुरानो दर्ता भएका र सामुदयिक शैक्षिक संस्थाहरुका लागि मात्र खुलाईएको बताउने भयो । विश्वविद्यालय अब सामुदयिक शैक्षिक संस्थाहरुमा जनु पर्छ भनेर ति संस्थाका लागि सम्बन्धन खोलिएको जानकारी दिनु भयो । त्यस्ता खालका सामुदयिक संस्थाहरुले नयाँ सम्बन्धनका लागि आवेदन दिन पाउने, विषय थप गर्न पाउने, र कोटा थप्न गर्न सक्ने छन ।
त्यसै गरी सम्बन्धनका लागि पुराना दर्ता भएका संस्थाको हकमा विश्वविद्यालय सभाले निर्णय गर्ने जानकारी दिनु भएको छ । कोइरालाले भन्नु भयो “पुराना दर्ता भएका के कति छन तिनिहरुको विश्वविद्यालयसँग रेकर्ड पनि छैन । विश्वविद्यालयले कति दर्ता भएका छन रेकर्ड पत्ता लगाउनु पर्ने र यसको निर्णय विश्वविद्यालय आफैले नगरी विश्वविद्यालय सभाले गर्ने छ ।” साथै सभाको निर्णय अनुसार अगाडि बढ्ने कोइरालाले बताउनु भयो ।



