त्रिभुवन विश्वविद्यालयले भन्यो : सम्पर्कमा नभएका विद्यार्थी तत्काल सम्पर्कमा आउनु


काठमाडौं /१० जेठ -त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त वास्कोटाले कोभिड-१९ को दास्रो लहरको महामरी फैलिएको कारण सञ्चालनमा रहेका सबै पठनपाठन र परीक्षाहरु स्थगन गर्नु परेको जानकारी दिदै विषम परिस्थितिमा आफ्नो तर्पmबाट हुन सक्ने सहयोग अगाडि बढाउन सम्पुर्ण विद्यार्थी,शिक्षक,कर्मचारी,अभिभावकलाई आग्रह गर्नु भएको छ ।

विश्वविद्यालयका पठनपाठन अवरुद्ध हुन नदिनका लागि वैकल्पिक विधि मार्फत सुचारु भइरहेका कक्षाहरुलाई निरन्तरता दिन ,सञ्चालन हुन बाँकी रहेका कक्षाहरु सूचारु गर्न,रोकिएका परीक्षाहरु पनि वैकल्पिक विधिबाट लिन आवश्यक व्यावस्था मिलाउन कलेज,क्यम्पस,विभाग लगायत सम्बन्धित सबैलाई आग्रह गर्नभएको छ ।

साथै सम्पर्कमा नभएका विद्यार्थीलाई तत्काल आ आफ्नो विभाग,क्यम्पस,स्कुल तथा डिन कार्यलयको सम्पर्कमा आउन विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।