स्नातक प्रथम वर्षको बाँकी परीक्षा साउनमा , छुट हुन गएका परीक्षा फारम भर्न आह्वान

काठमाडौँ/९ जेठ–त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले स्नातक तह प्रथम वर्षको बाँकी परीक्षा साउन मसान्त भित्र गर्ने भए पछि परक्षिार्थीहरुलाई परीक्षा फारम भर्न आह्वान गरेको छ ।

वार्षिक परीक्षा प्रणाली अनुरुप स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुको आवेदन फारम भर्ने सम्बन्धमा पूर्व प्रकाशित सूचना कोभिड -१९ को दोस्रो लहरका कारण स्थगित गरिएकोमा संकलन भएका परक्षिा फारम सम्बन्धित क्याम्पस बाट भराउने र छुट हुन गएका परीक्षार्थीहरुको आवेदन फारम भर्न आह्वान गरिएको हो ।

पूर्व प्रकाशित सूचना अनुसार संकलन भएका परक्षिा फारम सम्बन्धित क्याम्पसबाट जेठ १० देखि २० गते सम्ममा भराउने र छुट हुन गएका परीक्षार्थीहरुको आवेदन फारम जेठ १२ देखि २० गते सम्ममा भर्न भनिएको छ । साथै छुट हुन गएका सम्बन्धित परीक्षार्थीहरुले अनलाईनबाट स्वयंले भर्न सक्ने छन ।

त्यस्तै फारम भर्न छुट भएका आंशिक प्रइभेट परीक्षर्थीहरुले सम्बन्धित प.नि.का.मा सम्पर्क गरी जेठ २४ गते देखि ३० गते सम्ममा फारम भर्नु पर्ने छ ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातक तहको वार्षिक परीक्षाका बाँकि परीक्षा साउन भित्र सम्पन्न गर्ने गरी शुक्रबार सम्ममा अर्को सूचना जारी गरिने जानकारी दिनुभयो ।