नेपाल शिक्षक संघ नागार्जुन नगरसमितिको भर्चुअल कविता प्रतियोगिता सम्पन्न

काठमाडौं /९ जेठ -नेपाल शिक्षक संघले ३२ औ स्थापना दिवसको अवसरमा जिवनका लागि अक्सिजन(o2) विषयमा नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति नागार्जुन नगरपालिकाले नगरभित्रका शिक्षकहरू बिचको खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ ।

नगर प्रमुख मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदि तथा नेपाल शिक्षक संघ संघिय उप महासचिव सुन्दर पन्त विषेश अतिथि रहेको सो कार्यक्रममा शिक्षक संघ संघिय, प्रदेश प्रतिनिधिहरू, काठमाडौं जिल्ला अध्यक्ष रबिन महर्जन, महानगर अध्यक्ष तथा अन्य स्थानीय तहका अध्यक्ष लगायत देश भरिबाट करिब १५० शिक्षकहरूको उपस्थित रहेको थियो । त्यसै गरी नगरपालिका भित्रका विभिन्न विद्यालयका ३६ शिक्षक, शिक्षिकाहरूले कविता वाचन गरेर सुनाउनु भएको थियो ।

प्रतियोगितामा सितापाइला मा.बि.की शिक्षक सृजना कोईरालाले पहिलो स्थान, रत्नराज्य मा. बि.का शिक्षक भवानी पौडेलले दोस्रो स्थान, पन्चकन्या मा.बि.का प्रअ हर्कमती जोशीले तेस्रो स्थान र बाल बिकास मा.बि.का शिक्षक प्रेम लामाले चौथो स्थान हासिल गर्नु भएको थियो । पहिलो , दोस्रो ,तेस्रो र चौथो स्थान हासिल गर्नुहुनेले क्रमशः रू दश हजार, सात हजार, पाच हजार र तिन हजार नगद पुरस्कार प्राप्त गर्नु भयो ।

नगर कार्य समितिका अध्यक्ष शिव कुमार खनाल सभापति रहनु भएको उक्त कार्यक्रममा सहभागि अतिथिहरूले साहित्यिक कार्यक्रम भव्य रूपमा सफल भएको र यस असहज परिस्थितिमा यस कार्यक्रमले साहित्यिक माध्यम बाट शिक्षकहरूमा उत्प्रेरणा थपेको बताउनु भयो ।