काठमाडौं/७ जेठ –कोरोनाका भाइरस संक्रमणका कारण शैक्षिक परामर्श व्यावसायी सरोज थापाको मृत्यु भएको छ । थापाले विगत १४ वर्ष देखि निमास एजुकेशन सञ्चालन गर्दे आएका थिए ।
कोरोना भाइरस संक्रमण देखिएपछि ललितपुरस्थित पाटन अस्पतालमा उपचारत रहेका थापाको कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि फोक्सोमा निमोनिया देखिए थियो । फोक्सोमा समस्या देखिए पछि उपचारकै क्रममा आज मृत्यु भएको हो ।



