कोरोना अपडेट:चौबीस घण्टामा ८,३०५जना संक्रमण थपिए ,१९० जनाको मृत्यु

काठमाडौं/२ जेठ–पछिल्लो चौबीस घण्टामा ८,३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसै गरी चौबीस घण्टामा १९० जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ६,५४३ जनाले कोरोनालाई जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८७ नमुना परीक्षण गर्दा ८,३०५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ८५२ पुगेको छ । उनीहरुमध्ये १ लाख ८ हजार ३८ होम आइसोलसेसनमा छन् ।