काठमाडौं /६ जेठ -कोरोनाका भाइरस संक्रमणले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शंकर सुवेदीको मृत्यु भएको छ । सुवेदी त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक हुन ।
कोरोना भाइरस संक्रमण देखिएपछि ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको हो ।



