मध्यपश्चिमाञ्चल विश्वविद्यालयकको नाम परिवर्तन


सुर्खेत /६ जेठ – मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाम परिवर्तन भएर मध्यपश्चिम विश्वविद्यालय भएको छ । २०७७ असार ११ मा तेस्रो संशोधन अनुसार विश्वविद्यालयको नाम परीवर्तन भएको हो ।

मध्यपश्चिम (साविकको मध्यपश्चिमाञ्चल) विश्वविद्यालयको नाम शिक्षा सम्बन्धि केहि नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०७७ अनुसार मध्यपश्चिम विश्वविद्यालय ऐन २०६७ संशोधन भई ’मध्यपश्चिमाञ्चल’ शब्द ’मध्यपश्चिम’मा रुपान्तरण भएको हो ।

यसरी विश्वविद्यालयका पदाधिकारीसंग छलफल नै नगरी विश्वविद्यालयको नाम परविर्तन गर्नु गेह्रजिम्मेवार भएको विश्वविद्यालयका उपकुलपति डा.नन्दबहादुर सिंहले बताउनु भएको छ । बिना जानकारी विश्वसिवद्यालयको नाम परिवर्तन गर्दा धेरै मूल्य पर्ने लेटरप्याड, लोगो, झण्डा, उत्तरपुस्तिका तथा डिजिटल प्रोपर्टी लगायतका धेरै सामान खेरजाने सिंहले बताउनु भयो ।

साथै प्रयोग नै नगरी धेरै सामान नष्टहुने भएकोले आर्थिक मितव्ययिता कायम गर्न केहि समयलाई पुरानै सामग्रीहरु प्रयोगमा रहने भन्दै विश्वविद्यालयले सूचिना जारी गरेको छ । यसरी प्रयोग गरिदा आधिकारिकता माथि कुनै असर नपर्ने तथा कुनै व्यक्ति लाई नयाँ नाम अनुसारको विश्वविद्यालयको कागजपत्र आवश्यक परेमा विश्वविद्यालयको सम्बन्धित निकायमा सम्पर्क गर्न जानकारी दिएको छ ।