काठमाण्डौं /६ जेठ -शिक्षा सरोकार नेपाल संस्थाले स्वास्थ्य मापदण्ड पालना गर्दै वृद्धा आश्रम तथा स्कुल पढ्ने बालालिकाहरुका लागि खाद्यन्य वितरण गरेको छ । बुधबार शान्तिनगर स्थित निःसहाय सेवासदन (जेष्ठ नागरीक आवाश गृह)मा र कपनको प्रेरणा समाजमा खाद्यन्य लगायत अन्य आबस्यक सामाग्री वितरण गरेको हो ।
कोभिड -१९ महामारी संक्रमण बढ्दै गएको र रोकथामका लागि सरकारले निषेधाज्ञा जारी गरेको समयमा पनि यसरी सहयोग गर्न पाउँदा निकै खुशि लागेको संस्थाका अध्यक्ष रामप्रसाद गौतमले बताउनु भयो । साथै आगामि दिनमा यस्ता धेरै कार्यहरु गर्दै जाने जानकारी दिनु भयो ।
अष्ट्रेलिया बस्ने सन्तोषि गौतमको सहयोगमा शिक्षा सरोकार नेपाल मार्फत निःसहाय सेवासदनलाई रु १५ हजार बराबरको खाद्यन्न र प्रेरणा समाजलाई रु १० हजार गरी रु २५ हजारको खाद्यन्न लगायत अन्य आबस्यक सामाग्री वितरण गरीएको छ । सन्तोषि गौतमले आफ्नो जन्म उत्सवको दिन पारेर उक्त सहयोग गर्नुभएको हो ।
कोभिड-१९ महामारीको वीचमा पनि यसरी सहयोग पाउँदा आफूहरुलाई निकै खुशि लागेको भन्दै निःसहाय सेवासदनका योगेश अधिकारीले धन्यवाद व्यक्त गर्नु भयो । प्रेरणा समाजकी रेखा पौडेलले बालबालिकाको लागि निषेधाज्ञाको विचमा यसरी खाद्यन्न पाउँदा हर्षित भएको र आगामि दिनमा पनि सहयोग गर्न आग्रह गर्नु भयो ।
शिक्षा सरोकार नेपालले निःसहाय, गरिबिका कारण विद्यालय जान नसक्ने लगायतका बालबालिकाहरुका लागि शिक्षा क्षेत्रमा विगतका वर्षहरु देखि सामाजिक कार्य गर्दे आइरहेको छ ।







