कास्की /४ जेठ- पोखरा महानगरपालिकाले यस पूर्व सञ्चालन गरिएका त्रैमासिक,अर्धवार्षिक एंव आन्तिरिक मूल्याङकनका आधारमा विद्यार्थीको मूल्याङकन गरी वार्षिक परीक्षाको नतिजा प्रकाशन गर्न निदेर्शन दिएको छ ।
कोभिड-१९ महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभए पछि नगर कार्यपालिकाको जेठ ३ गते बसेको बैठकले नगर क्षेत्र भित्रका सम्पूर्ण विद्यालयमा आन्तिरिक मूल्याङकनका आधारमा नतिजा प्रकाशन गर्न निर्णय गरेको हो ।
साथै शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना कार्य अषढ १ गतेबाट मात्र सुरु गर्न सम्पूर्ण विद्यालयहरुलाई आग्रह गरेको छ । कक्षा ८ को परीक्षाको सम्बन्धमा नगर स्तरीय परीक्षा तथा समन्वय समितिको निर्णय अनुसार हुने जनाएको छ ।



