कैलालि/ ४ जेठ- विश्व माहामारीको रूपमा फैलिएको कोरोनाले गर्दा गत वर्ष चैत्र ११ गतेबाट नेपाल भरि पूर्ण रुपले लकडाउन भयो जसका कारणले गर्दा हजारौं जनशक्ति उत्पादन गर्ने लक्ष्य बोकेको सिटिईभिटि पनि पूर्ण रुपले बन्द भयो ।
कोरोनाको कारणले गर्दा २०७७ साल साउन–भदौ महिनामा हुने फाईनल परीक्षा हुन सकेन । पछि कोरोना रोकथाम मापदण्ड अनुसार सिटिईभिटिले माघ महिनामा परीक्षाका लियो । कोरोनाको कारणले गर्दा विद्यार्थीको महत्वपूर्ण समय खेर नजावस भनेर तेस्रो बर्षको परीक्षा एक दिन पनि ग्याप नगरेर लगातार भयो । हामी तेस्रो बर्षका विद्यार्थीले पनि मानसिक तनाव हुँदा हूँदै सिटिईभिटि परीक्षा दिएका थियौ । तर विडम्बना त्यो तनावको मुल्य सिटिईभिटिले मुल्याङ्कन नै गरेको छैन् । परीक्षा दिएको ३ महिना भन्दा पनि धेरै भैसकेको छ तर परीक्षाफल प्रकाशित अहिले सम्म भएको छैन् ।
समयमै नतिजा नआइदिदा सिटिईभिटिले समय खेर जान नदिने भनेको होकि समयको खेर जान दिने हो भन्ने कुरा विद्यार्थीको मनमा बसेको छ । अरु परिषद्ले विभिन्न कार्यक्रमका लाईसेन्स परीक्षाको मिति तोकेका छन् भने नेपाल फार्मेसी परिषद्को लाईसेन्स परीक्षाको आवेदन फर्म भर्ने अन्तिम मिति पनि बन्द भएको छ । तेस्रो बर्षका विद्यार्थीलाई १७ औ नाम दर्ता परीक्षा भईसकेकोले ४ महिना पछिको अर्को परीक्षाक कुर्नु बहेक कुनै विकल्प नै छैन । । सिटिईभिटिले यदि समयमा रिजल्ट प्रकाशीत गर्दिएको भए आज यो परिस्थितिमा देशमा कुनै पनि ५ औ तहका स्वास्थ्यकर्मीको अभाव हुदैन थियो होला । तर विडम्बना देश रोएको बेला हातमा सिप भएर पनि घरमा हात बाँधेर बस्नु परेको छ केवल त्यो तेस्रो रिजल्टको कारणले गर्दा ।
सिटिईभिटिको कोर्ष ३ बर्ष पढे पछि थौरै समयमा रोजगारको सिर्जना हुन्छ भनेर सबैले सिटिईभिटि अन्तर्गतका विभिन्न कार्यक्रमहरु पढेका हुन्छन् जसले गर्दा छिटो रोजगारी पाएर परिवार सपना पूरा गरौला , आर्थिक अवस्था सुधार गरौला भन्ने उदेश्य रहेको हुन्छ । तर ३ बर्षमा सकिने कार्यक्रमको अहिले ४ बर्ष भैसकेको छ । अब परीक्षाफल प्रकाशित गर्न अझै १ बर्ष लाग्ने जस्तो देखिन्छ । अहिले सिटिईभिटिकै कारणले गर्दा परीक्षा दिएर बसेका विद्यार्थीमा मानसिक तनाब बढेको छ । “ सिटिईभिटि अन्र्तगत कार्यक्रम पढेर हामीले घरपरिवार सम्पति मात्र खर्च गरेनौ , आफ्नो अमूल्य समयको खर्च र लक्ष्यको अन्त्य भएको छ “ सम्पूर्ण विद्यार्थी पिडित भएका छन् ।
मलाई पढाउन मेरो घरपरिवारलाई लागेको रिङ्नको ब्याज के सिटिईभिटिले तिरिदिन्छ ? मेरो बुबाले मलाई कापि , किताब किन्न र मेरो रूमको भाडा तिर्नको लागि घाम र पानि नभनि पिठिउमा भारी बोकेको र हात भरि लागेको चोट के सिटिईभिटिले मलम लागाईदिन्छ ? मैंले देखेको लक्ष्य के अब सिटिईभिटिले पुरा गरिदिन्छ ? हाम्रो जिन्दगीको समय खेर गएको के सिटिईभिटिले जिम्मेवारी लिन्छ ? सायद यदी देशको शिक्षा निति राम्रो भएको भए आज सम्पूर्ण विद्यार्थीले यस्था प्रश्न गर्दैन थिए होला ।
(महेश भण्डारी भागेश्वर एकेडेमी फर हेल्थ साईन्स कलेजमा डिप्लोमा ईन फार्मेसी ,तेस्रो वर्षका विद्यार्थी हुन ।)



