सिटिइभिटी द्धारा स्वस्थ्य कार्यक्रमको स्तरोन्नति आवेदन दिने समय थप


काठमाडौं /४ जेठ- प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले प्रि डिप्लोमा तहको स्वस्थ्य सम्बन्धि कार्यक्रमहरुको स्तरोन्नतिको लागि आवेदन पेश गर्ने समय थप गरेको छ ।

परिषद्ले पूव प्रकाशित गरेको सूचनाको समय जेठ ६ गते सकिने भएपनि कोभिड १९ का कारण अधिकांश जिल्लाहरुमा निषेधाज्ञा रहेको कारणले समय थप गरेको हो ।

साथै निषेधाज्ञा हटेको ७ दिन भित्र आवेदन पेश गर्ने गरी समय थपिएको सरोकारवाला संस्थाहरुलाई जानकारी गराएको छ ।