शिक्षक समन्यवकर्ता समुह नेपालको कोभिड -१९ भेरियन्ट शिक्षा कार्यक्रम भाग २ सम्पन्न

काठमाडौं /३ जेठ-शिक्षक समन्यवकर्ता समुह नेपाल मार्फत आज कोभिड-१९ भेरियन्ट शिक्षा कार्यक्रम भाग २ सम्पन्न भएको छ ।

प्रमुख अतिथि पुर्व स्वास्थ्य मन्त्री गगन कुमार थापा रहनु भएको जुम मार्फत सम्पन्न उक्त कोभिड १९ भेरियन्ट शिक्षा कार्यक्रम भाग २ मा काग्रेस नेता प्रदिप पौडेल , सामाजीक अभियान्ता पुर्व सचिव भिम उपाध्याय ,कर्णाली अस्पताल बाट स्वास्थ्य कर्मि वविता विसी पन्त, डा.प्रकाश ज्ञावाली डा . ज्योती भट्टराई भेरी अस्पताल कोभिड फोकल ब्यक्ती डा. संकेत रिजाल पोखरा का डा.अर्जुन आचार्य लगायतको सहभागितामा कोभिड बाट कसरी बच्ने भन्ने विषयमा आफ्नो धारणा राख्नु भएको थियो ।

युवा नेता प्रदिप पौडेलले राष्ट्र संकट परेको बेला राज्य भ्रष्ट्राचार र सत्ता जोगाउन लिप्त रहेता पनि हामी नागरिकले आफ्नो दायित्व पूरा गरि सरकारलाइ खबरदारी र जिम्मेवार बनाउन अनुरोध गर्नु भयो ।

भौतिक दुरी कायम गर्नु र मास्क लगाउनु नै यसको क्षति कम गर्ने उत्तम उपाय हो डा. संकेत ले भन्नु भयो । “कम्तीमा ३ हप्ता रोग सर्ने चेन ब्रेक गर्नुहोस रोग नियन्त्रण भित्र आउदछ“डा. रिसालले जोड्नु भयो । यस्ता खालका कार्यक्रमले कोभिड सम्बन्धी जन चेतना जगाउनुका साथै यसको ठुलो प्रभाव हुने कुरा मा जोड दिनु भयो ।

पाँच सय वढी सहभागि भएको उक्त कार्यक्रममा कोभिड विरामी को अनुभव र यस संग सम्बन्धित जिज्ञासा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम समेत भएको थियो ।
डा. हरि कडेलको सभापतित्वमा भएको कार्यक्रम रमेश भट्टराई र वद्री कार्कीले संञ्चालन गर्नु भएको थियो भने कार्यक्रम को औचित्य सम्बन्धमा डा.जानुका पौडयाल ले प्रष्ट पार्नु भएको थियो ।

सहजकर्ता समुहका आनन्द राज पन्त, गोकुल पाण्डे , केशव रेग्मी, लोमस निरौला,केशब अमगाइ, दुर्गा खनाल, कृष्ण तिमिल्सिना , सन्तोष राज अर्याल, श्रीकृण्ण आचार्य , शारदा तिमल्सिना रहनु भएको थियोे ।

मिडिया पार्ट्नर खबर एजुकेसन रहेको कार्यक्रममा धन्यवाद ज्ञापन नेका शिक्षा बिभाग सदस्य एबम नेपाल राहत शिक्षकका माहासचिब कुमार बजगाइले गर्नु भयो।