कोरोना अपडेट:चौबीस घण्टामा ९१९८ जना संक्रमण थपिए , २१४ जनाको मृत्यु

काठमाडौं/२ जेठ–पछिल्लो चौबीस घण्टामा ९,१९८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसै गरी चौबीस घण्टामा २१४ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार ५,७६७ जनाले कोरोनालाई जितेका छन् ।