काठमाडौं /१६ असोज – कुनै कारणले हालसम्म शिक्षक विद्यालय पुगी नसकेको भए तीन दिन भित्र विद्यालय पुग्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ ।
कोभिड १९ संक्रमण रोगका कारणले अबरुद्ध विद्यार्थीको सिकाइलाई निरन्तरता प्रदान गर्न नेपाल सरकारको निर्णय अनुसार शिक्षकहरुलाई अनिवार्य विद्यालय पुग्न ताकेता गरेको हो ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गर्दे कुनै कारणले हालसम्म शिक्षक विद्यालय पुगी नसकेको भए तीन दिन भित्र विद्यालय पुग्ने व्यावस्था गर्न निर्देशन दिएको छ ।
आकस्मिक कार्ययोजना २०७७ को बुदा नं ४ अनुसार शिक्षक असोज पहिलो हप्तासम्म शिक्षक विद्यालय पुगी सक्नु पर्ने भनिए पनि कति शिक्षक विद्यालय नपुगे पछि जति छिटो शिक्षकलाई विद्यालय पुग्न निर्देशन दिइएको हो ।




