लोकसेवा आयोग द्धारा शाखा अधिकृत र नासु परीक्षाको कार्यतालिका सार्वजनिक

काठमाडौं /९ असोज- लोकसेवा आयोगले कोभिड- १९ महामारीका कारण स्थगित परीक्षा सञ्चालन गर्ने भएको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी नयाँ परीक्षा कार्यक्रम सञ्चालनका लागि आज आयोगले सुचना प्रकाशन गरेको छ ।


आयोगले शाखा अधिकृत र सो सरह तथा नायब सुब्बा वा सो सरह पदका लागि प्रथम चरणको लिखित परिक्षा बाट छनौट भएकाको दोस्रो चरणको र न्याय सेवातर्फको लिखित परीक्षा सञ्चालनको कार्यतालिका प्रकाशन गरेको हो ।
आयोगले न्याय आगामी कात्तिक १८ देखि र प्रशासनतर्फ दोस्रो चरणको परीक्षा कात्तिक २३ गतेदेखि सञ्चालन हुने गरी परीक्षा कार्यतालिका सार्वजनिक गरेको छ ।

यस्तै नासुसरहका दोस्रो चरणको परीक्षा आागामी मङ्सिर ७ गतेदेखि सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । न्यायको प्रथम चरणको परीक्षा नै भएको थिएन भने परराष्ट्र, प्रशासन, लेखापरीक्षण र संसद् सेवातर्फको खुला परीक्षाको प्रथम चरणको परीक्षा सम्पन्न भइसकेको थियो ।