काठमाडौ /९ असोज – बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीया बालिका सम्झना विश्वकर्माको बलत्कारपछि हत्या गरेको प्रति अनेरास्ववियूले विज्ञप्ति जारि गरेको छ । साथै यस प्रकारको जघन्य अपराधका दोषिलाई अविलम्ब गिरफ्तार गरि कार्वाही गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ नेपाली जन्ताको त्याग र वलिदानवाट वनेको संविधान र विद्यमान ऐन कानुनलाई लत्याउदै अझै पनि समाजमा वलत्कार र हत्या रोकिएको छैन । साथै हालै सरकारले एसिड प्रहार गर्ने अपराधिलाई ऐन मार्फत नै कडा कार्वाही गर्ने प्रकृया अगाडी बढाए जस्तै वलत्कारीलाई पनि ऐन संशोधन गरी फाँसीको सजाए दिने कानून निर्माण गर्न आग्रह गरेको छ ।




