काठमाडौ /९ असोज – अमेरिकाले विद्यार्थीहरुलाई दुई वर्ष भन्दा बढीको भिसा नदिने कानुनि प्रस्ताव तयार पारेको छ । उत्त तयार पारीएको प्रस्ताबमा नेपाल लगाएत ५९ राष्ट्र रहेका छन् ।
बिहीबार होमल्यान्ड सेक्युरिटी विभागले विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको कानुनि प्रकृयालाई परिवर्तन गर्न प्रस्ताव राखेको जनाएको छ ।
भक्स डटकमका अनुसार विभागले विशेष गरी आतंकवादलाई प्रायोजन गर्ने राष्ट्र इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने मुलुक, अप्रमाणित विद्यालय र इलेक्ट्रोनिक भेरिफिकेसन नभएका विद्यालयका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिन प्रस्ताव गरेको हो ।
विभागले एफ, जे र आइ प्रकारको गैरआवसीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव ल्याएको हो ।
विभागले ल्याएको प्रस्ताव लागू हुने नहुने प्रष्ट भइसकेको भने छैन । यदि प्रस्ताव कानुन बनेर लागु भए चित्तबुझ्दो कारणमा पाठ्यक्रमअनुसार अवधि थप्न सकिने जनाएको छ ।
स्रोत: भक्स डटकम



