स्याङ्जाका विद्यालय खुले पछि संचालन नगर्न प्रशासनको चेतावनि


स्याङजा ९ असोज स्याङ्जाका शैक्षिक संस्थाहरु विस्तारै खुल्न थाले पछि स्याङ्जा प्रशासनले शैक्षिक गतिविधि संचालन नगर्न विज्ञप्ति मार्फत निर्देशन दिएको छ ।कोभिड -१९ को संक्रामण जिल्लाका विभिन्न स्थानहरुमा समुदाय स्तरमा समेत देखिएको भन्दै शैक्षिक गतिविधि संचालन नगर्न विज्ञप्तिमा भनिएको छ ।

विद्यालय क्याम्पस लगायत सबै प्रकारका शैक्षिक संस्था तथा परिक्षा समेत अर्को सुचना जारी नभएसम्म संचालन नगर्ने नगराउने निणर्य नेपाल सरकार बाट भएकोले शैक्षिक संस्था सञ्चालन नगर्न भनिएको छ ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीद्वारा जारी विज्ञप्तीमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ विपरितका कार्य गर्ने प्रयास भएको उल्लेख छ । विज्ञप्तिमा प्रत्यक्ष सिकाइ अवलम्वन गरी सरकारले गरेको निर्णय विपरीत संचालन गर्न खोजिएको पाइएकाले विद्यालय संचालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ ।
जिल्लामा संक्रामणको संख्या बढ्दो रहेको र अध्यापन कार्यमा संलग्न केही शिक्षक र उनीहरुका परिवारमा समेत संक्रमण देखिएको साथै आइसोलेसन र क्वारेन्टाइनमा राखिएकोले अर्को सूचना जारी नभएसम्मका लागि अध्ययन अध्यापन नगर्न भनिएको हो ।

सुझावलाई उल्लंघन गरी कसैबाट सामुदायीक वा संस्थागत विद्यालय सञ्चालन गरी संक्रामण फ्रलिन गएमा सो को जिम्मेवारी स्थानीय पालिका वा विद्यालयले नै लिनुपर्ने समेत विज्ञप्तिमा भनिएको छ ।