दैलेख/ ४ असोज – दैलेखमा विद्यालय खुल्न थालेका छन् । कोरोना भाइरसको सक्रामण कम रहेकोले करीब ६ महीना पछि विद्यालय खुल्न थालेका हुन ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका र सरोकारवाला संगको छलफल पछि विद्यार्थीलाई विद्यालयमै बोलाएर पठनपाठन सुरु गरिएको हो । यस अघि चामुण्डाबिन्द्रासैनीे -३ चामुण्डा माविले टोल शिक्षा सुरु गरेको थियो । अहिले भने टोल शिक्षालाई स्थगित गर्दै आलोपालोमा कक्षा संचालन सुरु गरेको छ ।
चामुण्डाबिन्द्रासैनी -१ स्थित आनन्द माविले सोमबार देखि पठनपाठन सुरु गरेको छ । भौतिक दुरी काय गरि स्वास्थ्य मापदण्ड पूरा गरेर विभिन्न कक्षालाई आलोपालो शिक्षण सुरु गरिएको विद्यालयले जानकारी दिएको छ । कक्षा १० का विद्यार्थीलाई दैनिक र अन्य कक्षाका विद्यार्थीलाई आलोपालोमा अध्यापन सुरु गरिएको छ ।
त्यस्तै अरु केहि विद्यालयहरुले मंगलबारदेखि पठनपाठन सुरु गरिने जनाइएका छन् ।बाँकी अन्य विद्यालयहरूले पनि १/ २ दिनमै विद्यालय व्यवस्थापन समितिको बैठक बसि सोही निर्णय अनुसार विद्यालय संचालन गरिने बताएका छन् ।



