काठमाडौँ /१९ भदौ-भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि काठमाडौँको क्षेत्रपाटी स्थित कन्या मन्दिर माध्यमिक विद्यालयका छात्राहरूले आर्थिक सहयोग गरेका छन् ।
छात्राहरूले सङ्कलन गरेको रकम ४४ हजार ६ सय २५ नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरिएको जनाइएको छ ।
छात्रा मात्रै अध्ययन गर्ने उक्त विद्यालयका विद्यार्थीहरूले बढीबाट प्रभावित नागरिकलाई राहत पु¥याउने उद्देश्यले स्वतःस्फूर्त सहभागितामा रकम सङ्कलन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालय नेता, उपनेता, सदन नेता तथा कक्षा नेता र छात्राहरूको सक्रियतामा भोटेकोसी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री राहतकोषमा बाल कक्षा देखि कक्षा १२ सम्मका छात्राहरू बाट सङ्कलित रकम नेपाल बैँक मार्फत जम्मा गरिएको विद्यालयले जनाएको छ ।



