काठमाडौँ/२४ असार – सरकारले विदेशी शैक्षिक कार्यक्रम ९सञ्चालन र नियमन० नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्ने निर्णय गरेको शिक्षा तथा खेलकुदमन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
साथै लामो समयदेखि रोकिएर रहेको शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन० नियमावली, २०८३ लाई पनि स्वीकृत गरिएको छ ।
सँगै सरकारले गेटा अस्पताल, कैलालीलाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालको रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरेको छ ।



