शिक्षक काममा जानु अघि र पछि पनि काम गर्नुपर्छ, शिक्षकको सम्मान गरौं

काठमाडौँ /२३ असार – शिक्षाविद् मेदीन लामिछानेले काममा जानु अघि र पछि गरेको कामको सम्मान गर्न सकिए पनि शिक्षकलाई हौसला र प्रोत्साहन हुने विचार व्यक्त गरेका छन् । शिक्षकले काममा जानु अघि पनि काम गर्ने र काम सकिए पछि पनि काम गर्नुपर्ने भएकोले त्यसको पनि मूल्याङ्कन हुनुपर्ने तर्क गरेका हुन् ।


शिक्षक काममा जानु अघि पाठ योजना बनाउने, सामग्री बनाउने र कामबाट फर्केपछि कपी जाँच्ने, योजना बनाउने र अर्को दिनको तयारी गर्ने जस्ता काम गर्नुपर्ने उनको भनाई छ ।


लामिछानेले भनेका छन् “काममा जानु अघि पनि काम गर्ने ९पाठ योजना बनाउने, सामग्री बनाउने० , काममा गए पछि काम गर्ने ९शिक्षण गर्ने० र काम सकिए पछि पनि काम गर्ने ९कपी जाँच्ने, योजना बनाउने र अर्को दिनको तयारी गर्ने० व्यक्ति शिक्षक हो । काममा गएर काम गरेको तलब दिएका छौँ । काममा जानु अघि र पछि गरेको कामको सम्मान मात्र गर्न सकिए पनि शिक्षकलाई हौसला मिल्छ र प्रोत्साहन गर्छ ।”