काठमाडौँ /१९ असार – प्रधानमन्त्री बालेन शाहले ७ वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन् । कुलपति समेत रहेका शाहले सर्टलिस्टमा परेका तीन/तीन जना मध्येबाट एक जनालाई गरेका हुन् ।
प्रधानमन्त्री शाहले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयको उपकुलपतिमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा सुजन बाबु मरहट्टालाई नियुक्त गरिएको छ ।



