ललितपुर/२ असार – जावलाखेलस्थित डीएभी कलेजमा कक्षा १२ अध्ययनरत एक विद्यार्थीले कलेजकै छतबाट हामफालेर आत्महत्या गरेका छन् ।
१८ वर्षीय विद्यार्थी आर्यन सिंहले छतबाट हामफालेर आत्महत्या गरेको जिल्ला प्रहरी प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए ।
प्रहरीका अनुसार सोमबार दिउँसो साढे १२ बजे उनी छतबाट हामफालेका थिए । तत्कालै सुमेरू सिटी अस्पतालमा उपचारका लागि लगिएकोमा अस्पतालले साँझ मृत घोषित गरेको हो ।
छतबाट हाम फाल्नुअघि एउटा कपीमा केही कुरा लेखेको मिश्रले बताए । हिन्दी भाषाको रोमनमा लेखेका विषयहरु प्रहरीले अध्ययन गरिरहेको प्रवक्ता एसपी मिश्रले बताए । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।



