सहयोगको नाममा भर्ना शुल्क उठाइयो : ज्ञानेन्द्र शाही

काठमाडौँ /२५ जेठ – प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले सहयोगका नाममा विद्यालयले भर्ना शुल्क असुलेको भन्दै रोक्न माग गरेका छन् । सोमबार संसदमा बोल्दै सांसद शाहीले भर्ना फि लिनुहुँदैन भनेर अहिलेको सरकारले आदेश दिएपनि भकाभक भर्ना शुल्क असुलेर देश बर्बाद बनाएको बताए ।


सांसद शाहीले भने– ‘ शिक्षामन्त्री हुनुहुन्छ भने भनिदिनुहोला, पहिला पहिला आउने गथ्र्यो, आदेशमाथि आदेश परमादेश । अहिलेको सरकारले पनि आदेश दियो भर्ना फि लिन हुँदैन भनेर । म आज प्रत्येक विदालयको देखाउन चाहान्छु, के गरिएको छ भने कसैले सहयोग रसिद भनेका छन्, कसैले वार्षिक सहयोग भनेका छन् । नाम परिवर्तन गरेर भकाभक शुल्क लगेर देश बर्बाद पारिएको हुनाले यो कार्यन्वयन गरियोस ।’