८ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि सर्ट लिस्ट सार्वजनिक

काठमाडौँ /२२ जेठ – शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न ८ विश्वविद्यालयमा उपकुलपति पदमा आवेदन दिएका उम्मेदवारहरुको सर्ट लिस्ट सार्वजनिक गरेको छ ।


त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी वौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूर पश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको सर्ट लिस्ट सार्वजनिक गरेको हो ।


उपकुलपति सिफारिस गर्न “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३“ कार्यविधिबमोजिम उपकुलपति पदका लागि दरखास्त स्वीकृत उम्मेदवारहरूमध्ये सिफारिस समितिको आजको निर्णयानुसार नामावली सार्वजनिक गरेको मन्त्रालयले जनाएको छ ।


साथै अल्पसूचीमा रहेका उम्मेदवारहरूले जेठ २५ गतेभित्र राय सुझाव उपलब्ध गराउन सकिने सूचनामा उल्लेख छ ।