काठमाडौं/८ जेठ – हब इन्टरनेशनल एजुकेशनले आगामी मे २४ तारीख आइतबार काठमाडौंको हात्तीसारस्थित आफ्नै मुख्य कार्यालयमा “ग्राण्ड मल्टी–डेस्टिनेशन एजुकेशन फेयर २०२६” आयोजना गर्ने भएको छ । बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा २० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
फेयरमार्फत विद्यार्थी तथा अभिभावकलाई बेलायत, आयरल्यान्ड, अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, अमेरिका, भारत तथा विभिन्न युरोपियन मुलुकमा अध्ययन सम्बन्धी जानकारी प्रत्यक्ष रूपमा उपलब्ध गराइनेछ । आयोजकका अनुसार कार्यक्रम विद्यार्थीलाई अध्ययन गन्तव्य, छात्रवृत्ति अवसर, भर्ना प्रक्रिया तथा भविष्यका करियर सम्भावनाबारे सरल र व्यावहारिक जानकारी दिने उद्देश्यले आयोजना गरिएको हो ।
विशेषगरी हालै +२ उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि यो फेयर निकै उपयोगी हुने अपेक्षा गरिएको छ । विभिन्न देशका विश्वविद्यालयहरूमा भर्ना र छात्रवृत्ति आवेदन खुला भइरहेका बेला विद्यार्थीहरूले अन्तर्राष्ट्रिय अध्ययनका विकल्पहरू तुलना गर्न, सही गन्तव्य छनोट गर्न तथा भविष्यका महत्वपूर्ण निर्णय अघि उचित मार्गदर्शन प्राप्त गर्न यो कार्यक्रम महत्वपूर्ण अवसर बन्न सक्ने आयोजकको भनाइ छ ।
कार्यक्रममा सहभागीहरूले विश्वविद्यालय प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट गर्न, अन्द–स्पट डकुमेन्ट एसेसमेन्ट तथा काउन्सिलिङ सेवा प्राप्त गर्न सक्नेछन् । विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता र प्रोफाइलका आधारमा १०० प्रतिशतसम्म छात्रवृत्तिको अवसरबारे समेत जानकारी लिन सक्नेछन् ।
यसका साथै कार्यक्रममा आईईएलटिएस तथा पिटिई तयारी कक्षाहरूमा विशेष छुटको व्यवस्था गरिएको छ, जहाँ छनोट भएका विद्यार्थीहरूले १०० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । आयोजकले एयरपड्स, मुभि टिकट, मोबाइल टप–अप तथा अन्य आकर्षक उपहारहरू समेत लक्की ड्रमार्फत प्रदान गरिने जनाएको छ ।
हब इन्टरनेशनल एजुकेशनका म्यानेजर – ब्रान्ड एण्ड प्रमोशन पारस पन्तका अनुसार विदेश अध्ययनको योजना बनाइरहेका विद्यार्थी तथा अभिभावकलाई सहज र जानकारीमूलक प्लेटफर्म उपलब्ध गराउने उद्देश्यले फेयर आयोजना गरिएको हो । उनले धेरै विद्यार्थीहरू कोर्स छनोट, अध्ययन गन्तव्य, छात्रवृत्ति, भिसा प्रक्रिया तथा भविष्यका करियर अवसरबारे अन्योलमा रहने भएकाले कार्यक्रममार्फत अनुभवी काउन्सिलर तथा विश्वविद्यालय प्रतिनिधिबाट प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्न सकिने बताए ।
उनले शिक्षा मेलाले विद्यार्थीलाई विदेश अध्ययनका अवसरबारे जानकारी मात्र नभई सम्पूर्ण प्रक्रियालाई अझ व्यावहारिक र पारदर्शी रूपमा बुझ्न समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त फेयरमा इच्छुक विद्यार्थी तथा अभिभावकहरूले निःशुल्क रूपमा सहभागिता जनाउन सक्नेछन् । सन् २००६ मा स्थापना भएको हब इन्टरनेशनल एजुकेशन शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा आईएसओ ९००१ः२०१५ प्रमाणित कन्सल्टेन्सी हो । साथै, संस्था आईसिईएफ सर्टिफाईड समेत रहेको छ भने नेपालमा अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा पु¥याएको योगदानका लागि कन्सल्टेन्सि अफ द इयर २०२४ बाट सम्मानित भइसकेको छ ।



