काठमाडौँ /२५ वैशाख उपकुलपति छनोट तथा सिफारिस समितिले आठ विश्वविद्यालयहरुका उपकुलपति पदका लागि आवेदन माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पदका लागि आवेदन माग गरेको हो ।
जारी सूचना अनुसार योग्यता पुगेका इच्छुक व्यक्तिले आजको मितिबाट १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त पेस गर्न सक्नेछन् ।



