त्रिवि परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक फेसबुक पेज सञ्चालनमा

काठमाडौँ /२६ वैशाख – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले आधिकारिक फेसबुक पेज सञ्चालनमा ल्याएको छ ।


विद्यार्थी, अभिभावक तथा सरोकारवालाहरूलाई छिटो, सरल र प्रभावकारी रूपमा सूचना उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याएको सूचनामा उल्लेख छ ।


उक्त फेसबुक मार्फत परीक्षा सम्बन्धी सम्पूर्ण सूचना, परीक्षाको नतिजा तथा अन्य महत्त्वपूर्ण जानकारीहरू नियमित रूपमा प्रकाशन गरिने जनाएको छ ।


साथै फेसबुक पेजलाई परीक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइटबाट पनि ‘एक्सेस’ गर्न सकिने सूचनामा उल्ल्ेख छ ।