सुकुम्वासी बस्तीका विद्यार्थीलाई मन्त्रालयकोको ६ बुँदे सर्कुलर

काठमाडौँ /१४ वैशाख – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणका लागि ६ बुँदे सर्कुलर जारी गरेका छन् ।


मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित वस्तिमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध गरेको हो ।